१९ जेष्ठ २०८३, मंगलवार

 

टिका टालोपछि वर्षा र संजोगको एकै स्ट्याटसः हाम्रो प्रेम कथा उत्कृष्ट

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टीकाटालो गरेका छन्। सोमबार दुवै परिवारका सदस्यहरूको उपस्थितिमा उनीहरुले टिकाटालो सम्पन्न भएको हो।

७ वर्ष लामो प्रेम सम्बन्धलाई मुर्तरूप दिँदै फागुन २ गते (भ्यालेन्टाइन डेको दिन) उनीहरूको विवाह हुँदैछ। टिकाटालोपछि दुवैले सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गरेका छन्। फोटोमा क्याप्सन एउटै राखिएको छ। ‘सबैको कथा सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ’, दुवैले फोटोसँगै यही स्ट्याटस पोष्ट गरेका हुन्।

७ वर्षअघि एक फिल्मको अडिसनमा वर्षा र संजोगको भेट भएको थियो। त्यसपछि उनीहरु निकट भए र मित्रताको सम्बन्धलाई प्रेममा परिणत गरे।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung