
भरतप्रसाद सापकोटा, बागलुङ । बिहुँकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ७ सय जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।
काँठेखोला गाउँपालिका ५ बिहुँकोट पखरास्थित अमर माविको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ७ सय जनाले सेवा लिएका हुन् । काँठेखोला गाउँपालिका का ८, ६, ४, ५, १, २ र गल्कोट नगरपालिकाका स्थानीय सहभागी थिए ।
शिविरमा हाडजोर्नी तथा नसा रोगका ३१० जना, पेट छाति मुटुरोगका ३०० जना महिला रोगका २१० जना दाँत रोगका २१० जना भिडियो एक्सरे गर्ने २४० जना, सुगर रोग सम्वन्धी २५० जना र बाल रोगका १७० जना गरि १ हजार ७ सय जना विरामीहरूले निशुल्क स्वास्थ परीक्षण गराएका छन् । सोहि स्थानमा आएका अधिंकाश विरामिहरु बाथ युरिकेसिड नसा खुम्चिएको ढाड दुख्ने नशा झमझाउने ,महिला संम्बन्धि सेतोपानि बग्ने योनी चिलाउने, पाठेघर दुख्ने ,तल्लो पेट दुख्ने कट्टि कम्बर खाने लगाएत समस्याहरु देखिएको महिला विशेषग्य डा सरोज अधिकारीले बताए।
जापान समाज विहुँकोटकले आयोजना गरेको विहुँकोट समाज जापान केन्द्रीय कार्यालय टोकियो, र शाखा कार्यालय कान्साई क्षेत्रको आर्थिक सहयोग, साहारा अस्पताल पोखरा र ओम डेन्टल होम बाग्लुङको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
जापान समाज विहुँकोटका अध्यक्ष गौरिशङ्कर सुवेदीको सभापतित्व, अर्जुनवाण गणका गणपति भुवनराज देवकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको औपचारिक कार्यक्रमको स्वागत यसै संस्था सदस्य ज्ञानकुमारी श्रीष शर्माको रहेको कार्यक्रम सञ्चालन जापान समाज विहुँकोटका सह सचिव सुदर्शन कँडेलले गरेका थिए ।