२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा ३ सय वर्ष पुरानो फागु गीत गुन्जियाे

मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो….
औला काटी कलम बनावे रगतके मसिया बनावे… यै हो….

हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो….
मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो….

 बागलुङ। देशभर होलीको रौनक छ, युवायुवतीहरु ह्यापी होली–ह्याप्पी होली मात्र भनेर हिडिरहेको अवस्थामा बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा ३ सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो ।

होलीका अवसरमा आज बागलुङ बजारमा गाइएको ऐतिहासिक फागु गीतले युवायुवती देखि बुढाबुढीसम्मको ध्यान तान्न सफल रह्रयाे । परम्परालाई संस्थागत गर्ने उद्देश्यले नेपाल भाषा मंका खलको आयोजनामा बागलुङ बजारमा ३ सय वर्ष पुरानो फागु गीत गाइएको हो । होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा युवा युवतीहरु आर्चयमा परेका थिए । नेवारी समुदायमा प्रचलित उक्त गीत  स्थानीय भाषामा र तराइकाे अवधी भाषाामा लिपिबद्ध छ ।

फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लछुमण, दशरथ, भीमसेन र इन्द्रै जो आएपनि फागुको मजा लिन्छौ फागुको राग लिन्छौ गाउँछौ, महिला पुरुष बीचका माया प्रिति, कृष्ण र गोपी बिचका माया प्रिति लगाएतका भावहरु छन् । नेपाल भाषा मंका खल बागलुङका सल्लाहकार महेशचन्द्र प्रधानले ‘हामिले संस्कृतिको प्रबद्र्धन गर्नका लागि होलि पर्वको अवसरमा निकै पुरानो फागु गीत गाउदै आएका हौ,। ’ मनका भावनाहरुलाई बसन्त राग शैलिमा रङ्गाउने गीत नै फागु गीत हो ।

केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको प्रति बागलुङका नेवार समुदाय चिन्तित छन् । फागु पूर्णिमाको मौलिकता हराउदै गएपछि बागलुङका नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउन थालिएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । फागु पूर्णिमाको मौलिकता जोगाउने हामी सबैको दायित्व भएका कारण वर्षेनी फागु गीत गाउने गरिएको राजभण्डारीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्