
सुमन जिसी
बागलुङ । जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शुक्रबार संस्थाका जेष्ठ शेयर सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।
सहकारी संस्थाले आप्नो स्थापनाको दशौं वर्षगाठका सन्दर्भमा आयोजना गरेको नवाहव्यापी कार्यक्रम अन्तर्गतको आज चौथो दिन संस्थामा आवद्ध जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य परीक्षण मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा मुक्तिनाथ हसिप्टलमै सम्पन्न गरिएको थियो । निःशुल्क स्वास्थ्य परीक्षण सेवा अन्तर्गत ६० जना भन्दा बढी जेष्ठ शेयर सदस्यहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । डा.तरुण, डा. प्रदिप, डा. दीपक, डा. अजय , डा. शैलेन्द्र, डा. निरञ्जन लगाएतका विशेषज्ञ डाक्टरहरुले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणकै क्रममा सम्पूर्ण जेष्ठ नागरिकहरुका लागि संस्थाको तर्फबाट एक÷एक थान मायाको पोको नाम दिइएइको उपयोगि सामग्रीसमेत प्रदान गरिएको थियो ।
संस्थाले स्वास्थ्य परीक्षण सँगै मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ शेयर सदस्यहरुका लागि होटल पिस प्यालेसमा उनीहरुलाई सकरात्मक उत्प्रेरण जगाउने अभिप्रायले अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । अन्तरक्रियाका क्रमम मानव सेवा आश्रमका केन्द्रिय सदस्य होमनाथ तिमिल्सीना, मानवसेवा अश्रमका अभिभावक उषा गोसेली, मानव सेवा आश्रमकै केन्द्रिय सदस्य नवराज के.सी. र मानव सेवा आश्रम बागलुङ शाखाका अभिभावक सुवास के.सीले सकरात्मक उत्प्रेरण सम्वन्धमा प्रशिक्षण गरेका थिए ।
अन्तरकृया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले जेष्ठ नागरिकहरुसंग भएका अनुभव, ज्ञान र सिपहरुलाई नयाँ पुस्ताहरुले अनुसरण गरेर अगाडि वढ्नुपर्नेमा जोड दिएका थिए । पौडेलले जेष्ठ नागरिकहरुमा रहेका असल संस्कृती र संस्कारहरु नयाँ पुस्ताहरुले ग्रहण गर्न सकेमा सभ्य समाज निर्माण हुने भनाई राखेका थिए ।
कार्यक्रमा डा. तरुण पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, संस्थाका शेयर सदस्य टंक प्रसाद शर्मा कँडेल, गण्डकी सभ्यता बचाउ महाअभियानका सह संयोजक केदार गौतम, समाजसेवी विश्वनाथ रेग्मी, सहभागिहरुको तर्फबाट रमाकान्त सापकोटा, तुलसीराम सापकोटा, खड्क कुमारी खड्का, पोटकुमारी जि.सी लगाएतले आफ्ना भनाई तथा अनुभवहरु राखेका थिए ।
कार्यक्रम सिवाईसी साकोसको जेष्ठ नागरिक उपसमितिका संयोजक एवं सल्लाहाकार देवबहादुर श्रेष्ठको अध्यक्षता, संस्थाका सचीव वेदप्रसाद शर्माको स्वागत र जेष्ठ नागरीक उपसमितिका सदस्य अरिप्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।