
गलकाेट । सिंहदरबारको अधिकारी गाँउमा आएपछि स्थानियको दैनिकिमा परिवर्तन आएको बागलुङ क्षेत्र नम्बर २ का पूर्व सांसद प्रकाश शर्मा पौडेलले बताए। काउलेखोला जनहित सानोखोला मोटरबाटो निर्माण समिति गलकोट नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको मोटरबाटो उदघाटन कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन्। शर्माले काठमाडाैंमा बसेर गाँउको समस्या समाधान नहुने भन्दै सम्पूर्ण पार्टीको प्रयासले स्थापित गणतन्त्रले जनताको समस्या समाधान भएको बताए।
अहिले दुई तिहाईको सरकार भएकाले विकास गर्न प्रशस्त सम्भावना भएको उल्लेख गर्दै शर्मा ले नेकपाले विकासका लागि प्रतिपक्षमा रहेको नेपाली काग्रेससँगसमेत हालेमालो गरेर अगाडि बढनुपर्ने बताए। शर्माले गलकोटमा मोटरबाटो, खानेपानी र टेलिकमका टावरहरु निर्माण गर्नेमा आफनो भूमिका रहेको बताए। यहाँको प्रत्येक टोल टोलमा पुगेर प्रत्येक व्यक्तिका समस्या बुझेर मोटरबाटो लगायतका कामहरु अगाडि बढाएको शर्माले स्मरण गराए ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जनप्रतिनिधि राजनैतिक पार्टी भन्दा जनताप्रति उत्तरदायि बन्नुपर्ने बताए । अहिलेको समयमा नगरपालिकाप्रति बिभिन्न किसिमका आलोचनाहरु आउने गरेको भन्दै आफूले उक्त आलोचनालाई सकरात्मक तरिकाले लिएको सुनाए । हामी जनताका समस्या समाधानको प्रयासमा छौँ नगरप्रमुख गैरेले भने यसको नतिजा जनताले ५ बर्षपछि पाउनेछन । उनले गलकोट नगरपालिका कुनै पार्टीकाे पक्ष र प्रतिपक्ष नभएर सम्पूर्ण पार्टीको एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीष, मल्म बरेखानी मोटरबाटोका अध्यक्ष घनश्याम गौतम, नेपाली काँग्रेस गलकोट नगरपालिका ९ का सभापति यज्ञप्रसाद सापकोटा, गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापाले लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त मोटरबाटो निर्माणका लागि पूर्व सांसद पौडेलले सांसद कोषबाट ९ लाख सहयोग प्रदान गरेका थिए । साढे २ किलोमिटर मोटरबाटोको चौडाई कच्ची नालीसहित ४ मिटर रहेको समितिले जनाएको छ । कार्यक्रममा समितिका कोषाध्यक्ष ज्ञानबहादुर थापाले २२ लाख ३० हजार ८ सय ५८ बराबरको आम्दानी र सोहि बराबरको खर्च सार्वजनिक गरेका थिए ।
कार्यक्रममा मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम मोटरबाटो निर्माण समितिका अध्यक्ष चिरन्जिबि मरासिनिको अध्यक्षता, कोषाध्यक्ष ज्ञानबहादुर थापाको स्वागत मन्तब्य र राजकुमार दर्जिको सञ्चालनमा सम्पन्न भएको थियो ।