बागलुङ । ताराखोला गाउँपालिका–१ माझखर्कबाट काठेखोला गाउँपालिका–८ लेखानीतर्फ जन्ती लिएर आउँदै गरेको बस भ्यु टावर नजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा दुलाहाकी बहिनी ज्योति सुनारसहित अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा विन्दु सुनार, हेमन्त सुनार, संगिता सुनार, आरति सुनार, चन्द्रबहादुर सुनार र गंगाबहादुर सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये गंगाबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सात जनाकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । दुलाहा कृष्ण सुनार र दुलही रुपा सुनार भने सकुशल रहेको छन् । ज्याेति दुलाहाकाे नाताले बहिनी पर्छिन् ।
याे पनि पढ्नुस्



















































































































































































































