भरत सापकोटा
बागलुङ । काठेखोला गाउँपालिका –५ भ्यु टावर थाम नेटामा जन्ती लिएर आउदै गरेको बस दुर्घटना भएको छ । ताराखाेला –१ माझखर्कबाट जन्ती लिएर आउँदै गरेकाे ध १ ख ४६८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार मध्ये ३ जनाको अवस्था गम्भीर र ४ जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धम्जा बिँहुका इञ्चार्ज गजेन्द्रबहादुर थापाले नयाँ विश्वलाई जानकारी दिए । 
उनका अनुसार बस सडक भन्दा १० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ पठाइएको थापाले बताए । बस काठेखोला गाउँपालिका – ८ लेखानीबाट बिहान जन्ती लिएर ताराखोला गाउँपालिका –१ माझखर्कमा गएको थियो । माझर्खकबाट लेखानी तर्फ फर्कदै गर्दा भ्यु टावर नजिकै बस दुर्घटना भएको हो ।



















































































































































































































