अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ। चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला ७३ लाल चाँदी फेला पारेको प्रहरीले जनाएको छ।
फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। मजदुरहरु बीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए।
उनले भने,करिब एक हप्ता अगाडी नै फेला परेको सुन चाँदी हो, तर मजदुरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो। अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ।सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् ।
ुपहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हो,ु उनले भने।फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ।



















































































































































































































