२५ असार २०८२, बुधबार

 

बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ निर्देशिकामा के भन्छ

विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ।उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ।उक्त सङ्ख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ।

मानिसको सम्झन सक्ने क्षमतामा असर पुर्‍याउन सक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ।

अति शंका गर्नेलाई विर्सने रोग लाग्ने खतरा

दु्इभाषाको ज्ञान मानसिक स्वास्थ्यलाई राम्रो

डिमेन्सियातस्वीर कपीराइटGETTY IMAGES

डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञहरूको भनाइ छ।डिमेन्सिया लाग्नुको प्रमुख कारण मध्ये एक वृद्धा अवस्था रहेको बताइएको छ।तर वृद्ध अवस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन।रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ।

डिमेन्सियाबाट बच्न धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्ने उल्लेख गरिएको छ।त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्टोरेलल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।

निर्देशिकामा अरू के छन्:

व्यायाम – वयस्कहरू खासगरि ज्येष्ठ नागरिकहरूले हप्तामा कम्तीमा १५० मिनेट हिँड्ने वा अन्य शारीरिक व्यायाम गर्ने। दैनिक घरको काम गर्ने वा साइकल चलाउने।

धुमपान त्याग्ने – धुमपान मस्तिष्क र शरीरको लागि खराब हुन्छ।

खानपानमा ध्यान दिने – स्वस्थ र जैतुनको तेलयुक्त भूमध्यसागरीय शैलीको खानामा पर्याप्त सागसब्जी र फलफूल हुन्छ। त्यो स्वस्थकर हुन्छ।

भिटामिनको भर नपने – भिटामिनको चक्कीले फाइदा नै गर्छ भन्ने छैन।

रक्सी नपिउने – धेरै रक्सी सेवन हानिकारक हुन्छ। थोरै रक्सीले फाइदा गर्छ भनिएपनि त्यो निश्चित हुँदैन।

दिमागको व्यायाम – शब्दहरू बनाउने क्रशवर्ड्स् र केही कम्प्युटर खेलहरूले लाभ दिन सक्छन्।

सामाजिक हुने – साथीसङ्गीहरूसँग मिल्ने र हेलमेल हुने बानीले फाइदा पुर्‍याउने गर्छ।

उच्च रक्तचाप रोक्ने – उच्च रक्तचाप ओषधि सेवन गरेर वा अन्य उपाय गरेर घटाउनु पर्छ।

मधुमेहको उपचार गर्ने – मधुमेहलाई नियन्त्रणमा राखेमा डिमेन्सिया जटिल हुन पाउँदैन।

उच्च कोलेस्टेरोलदेखि सावधान – उच्च कोलेस्टेरोलले डिमेन्सियाको जोखिम बढाउछ। त्यो घटाउने औषधिले काम गर्छ भन्ने छैन।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung