२५ असार २०८२, बुधबार

 

बैतडीमा जिप दुर्घटना : ३ जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं । बैतडीमा जिप दुर्घटना भएको छ । आइतबार दिउँसो दशरथचन्द नगरपालिका–११ नानीगाडमा जीप दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । अर्का एकजना पुरुषको सनाखत भइनसकेको उनले बताए । घाइते तीनजनालाई जिल्ला अस्पताल बैतडी उपचार भइरहेको छ ।

बिहान भएकाे दुर्घटना

त्रिशुली बस दुर्घटना : पाँचको मृत्यु, २९ घाइते (अपडेट)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung