१९ भाद्र २०८३, शुक्रबार

 

अमेरिका जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

काठमाडौं । के तपाईँ अमेरिका जाँदै हुनुहुन्छ ? अमेरिका जाने हो भने अबदेखि सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सूचना जारी गरी अमेरिका जान चाहने सबैले आवेदनसँगै सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने बताएको हो । योसँग आवेदनकर्ताले सामाजिक सञ्जालमा प्रयोग भएको नामसहित पाँच वर्षदेखि सञ्चालनमा रहेको इमेल आइडी र फोन नम्बर पेश गर्नुपर्नेछ ।

यो प्रस्ताव सँगै अमेरिका जान चाहने वार्षिक करिब १ करोड ४७ लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएको बीबीसीले बताएको छ ।

तर कुटनीतिक तथा सरकारी तवरमा जानेलाई भने यो नियम नलाग्ने अमेकिाको स्टेट डिर्पाटमेण्टले जनाएको छ ।

यसरी, अबदेखि अमेरिका काम गर्न र विदेश पढ्न चाहनेले आफ्नो सम्पूर्ण सूचना बुझाउनु पर्ने देखिन्छ । यसभन्दा अघि आंतकवादबाट प्रभावित देशका जनतामात्र यस्तो सूचना दिनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung