२० बैशाख २०८१, बिहीबार

 

बागलुङको पर्यटन गुरुयोजना प्रस्ताव स्थानीय तहमा पेश गरिदैं

बागलुङ पर्यटन विकास समितिले बागलुङ जिल्लाको पर्यटन प्रोफाइल तथा पर्यटन गुरुयोजनाको प्रस्ताव स्थानीय तहहरुमा पेस गर्ने अभियान शुरु गरेको छ । त्यसै अभियान अन्तर्गत समितिका सचिव अर्जुन चोखालले उक्त प्रस्ताव बडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाइजालाई हस्तान्तरण गरेका छन्।

त्यस अवसरमा उपप्रमुख अम्मरबहादुर श्रीस, प्रमुख कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, शिक्षा अधिकृत ,याेजना अधिकृत , नेकपाका गाउँपालिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

समितिले केहि दिन अघि उक्त गुरुयोजना प्रस्ताव गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरेको थियो। त्यसैगरी प्रस्ताव जिल्लाका १० वटै स्थानीय तहसमक्ष पेस गरिने चोखालले बताए ।

दशवर्षीय गुरुयोजनाको मुख्य उद्देश्य बागलुङका महत्वपूर्ण भौगोलिक तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन तथा विकास गर्नु रहेको समिति सचिव चोखालले नयाँ विश्वलाई बताए ।

गुरुयोजनामार्फत बागलुङको समग्र पर्यटन प्रवर्धनका लागि लगानी वातावरण बनाउन र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न सकिने उनको भनाइ छ । उनका अनुसार पर्यटन प्रोफाइलअन्तर्गत जिल्लाको हालको पर्यटकीय अवस्था तथा सम्भावना समेटिएको छ ।

समितिको संयोजकत्वमा फागुन २३ गते सरोकारवालासँगको अन्तरक्रियाले जिल्लाको पर्यटन विकासमा योजनाबद्ध रूपले अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार पर्यटन प्रोफाइल र गुरुयोजना बनाउन सुरु गरिएको चोखालले बताए ।

प्रतिक्रिया दिनुहोस्