२१ भाद्र २०८३, आईतवार

 

संगीत चोरेको भन्दै कालीप्रसाद विरुद्ध उजुरी

संगीतकार एवम् नेपाल आइडलका जर्ज कालीप्रसाद बाँस्कोटालाई संगीत चोरी गरेको आरोप लागेको छ । संगीत चोरी गरेको भन्दै एक संगीतकर्मीले महानगरिय प्रहरी परिसरमा उजुरी दिएका छन् ।

कालीप्रसादको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका प्रतिस्पर्धी सुमित पाठकको आवाजमा रहेको गीत ‘समाचार’को संगीत चोरी भएको भन्दै बिक्की महतले उजुरी दिएका हुन् ।

बिक्कीले ‘बुजाइदेऊ न तिमी मलाई’को संगीतसँग ‘समाचार’ संगीत मिलेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।

पछिल्लो समय नेपाली संगीतकर्मी संगीत चोरीका सन्दर्भमा सचेत हुन थालेका छन् । तीन साता अघि मात्रै प्रकाश सपुतले संगीत चोरेको भन्दै शम्भु राईले उजुरी गरेका थिए । प्रकाश सपुतले चर्चित गीत ‘गलबन्दी’ मा शम्भु राईको पनि संगीत सर्जकमा नाम राख्ने प्रतिबद्धता जनाएपछि सहमति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung