सानिमा बैंकले आइतबार आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष यसै अवधिमा १ अर्ब ६९ करोड ७५ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ३२.१५ % ले बढोत्तरी गर्न सफल भएको हो ।
बैंकले एक वर्षको अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ ऋण विस्तार गरेको छ । ऋण बढाउन बैंकले ११ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
बैंकले एक वर्षको अवधिमा ३ अर्बको खुद ब्याज आम्दानीलाई ४ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको स्प्रेड दर तोकिएको सीमाभन्दा कम ४.३५ प्रतिशत कायम गरेर काम गरेको छ ।
बैंकको आधार ब्याज दर ९.४५ प्रतिशत छ भने खराब कर्जा ०.०८५ छ । त्यस्तै प्रति सेयर आम्दानी २८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४८.७३ रुपैयाँ छ ।



















































































































































































































