९ कार्तिक २०८३, आईतवार

 

ग्लोबल आइएमईको खुद नाफा २ अर्ब ७९ करोड

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३.०२५ बढी हो ।

अघिल्लो वर्ष बैंकले २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ३ अर्ब ८७ करोड ब्याज आम्दानी गरेको बैंकले गत वर्ष यो रकम ५ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको छ ।
बैंकले मंगलबार २०७५/७६ को चौथो त्रैमासको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

गत वर्षको तुलनामा बैंकले निक्षेप र कर्जा दुवै विस्तार गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरेकोमा गत वर्ष १ खर्ब २० करोड पुर्‍याएको छ । यस्तै सोही अवधिमा कर्जा ८८ अर्बबाट १ खर्ब ८ अर्ब विस्तार गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.७७ बाट ०.५५ प्रतिशतमा झरेको छ । कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ ।

बैंकको बेसरेट ९.५४ प्रतिशत छ जुन अघिल्लो वर्ष १०.५५ प्रतिशत थियो । बैंकले वर्षभरिको निक्षेप र कर्जाको ब्याजदरको अनुपात ४.४७ प्रतिशत कायम गरेको छ । प्रतिसेयर आम्दानी २७.११ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung