२९ बैशाख २०८२, सोमबार

 

सत्यवतीका पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

लायन्स क्लब अफ धौलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटिले संयुक्तरुपमा गुल्मीका सत्यवती गाउँपालिकाका पहिरो पीडितहरुलाई राहत सहयोग गरेको छ। लायन्स क्लब अफ धौलागिरि बागलुङको अध्यक्ष लायन राजन कुमार शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारीश्वर ढकाललाई उक्त राहत सामाग्री हस्तान्तरण गरेको हो।

क्लबका अध्यक्ष शाक्यले पीडितहरुलाई केहि भएपनि राहत होस् भन्ने हेतुले रकम संकलन गरिएको बताए । पीडितहरुलाई नगद २५ हजार र केहि औषधि हस्तान्तरण गर्दै शाक्यले केहि दिनमा लायन्स क्लब अन्तराष्ट्रियको तर्फबाट ११ लाखभन्दा बढि नगद सहयोग आउने जानकारी समेत गराएका थिए।

उक्त राहत वितरण कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले राहत रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यसैगरी उपप्रमुख सुवर्ण शाही शेरचनले प्राकृतिक विपत्तिको सामना गर्न सबैको सहयोग हुनुपर्ने बताईन् ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरिका सचिव गणेश महतोको सञ्चालनमा सम्पन्न भएको थियो।गत श्रावण ७ गते गएको पहिरोबाट गुल्मीको सत्यवति गाउँपालिकाका २ वटा वडामा १३ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए। पहिरोका कारण करिब ३ सयबढि घर परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung