
जिल्ला अस्पताल पर्वतमा मृगौलाको डायलाईसिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति तथा कार्यक्रममार्फत नीतिगत अनुमती दिएपछि डायलाईसिस सेवा शुरु गर्ने तयारीमा जुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० लाख बजेटसमेत विनियोजन गरेको छ । उक्त रकमले डायलाईसिस कक्षको तयारी तथा व्यवस्थापनका लागि मात्र पर्याप्त हुने अध्यक्ष पहाडीले जानकारी दिए । विभिन्न संघसंस्था, निकाय र व्यक्तिहरुको सहयोगमा कम्तिमा ५ वटा डायलाईसिस मेसिन खरिद गरि सेवा सुचारु गरिने पहाडीले जानकारी दिएका छन् ।
यो सेवा शुरु भएपछि मृगौला रोगबाट पिडित र मृगौला प्रत्यारोपण गर्न नसकेकाहरुका लागि ठुलो राहत हुने भएको छ। अहिले पनि मृगौला पिडितहरुले डायलाईसिस सेवा लिनका लागि विभिन्न जिल्लामा जानुपर्ने र धेरै दिन पालो कुरेर उपचार गर्नुपर्ने समस्या रहेको छ ।