२१ बैशाख २०८१, शुक्रबार

 

पशुसेवा विज्ञ केन्द्र कार्यालय सहयोगीको भरमा

भेटेनरी तथा पशु विज्ञ केन्द्र सम्पर्क कार्यालय, पर्वत सहयोगीको भरमा सञ्चालन भइरहेको छ । संघियता कार्यान्वयनसँगै साविकको जिल्ला पशु सेवा कार्यालय खारेज भई बागलुङमा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि पर्वतमा सम्पर्क कार्यालय सञ्चालन भएको छ । तर सम्पर्क कार्यालयमा कुनै विज्ञ र पशु चिकित्सक छैनन् । कार्यालयमा एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् ।

कार्यालय सहयोगी ऋषी पौडेलले सेवाग्राहीको गुनासो सम्बोधन गर्दै आएको बताए । पशु सेवा विज्ञ नहुँदा पशुपंक्षीपालक कृषकहरु सरकारी सेवा लिनबाट बञ्चित भएका छन्। पर्वत जिल्ला सम्पर्क इकाईअन्तर्गत ७० कुखुरा तथा ह्याचरी फर्म, ३४ गाई फर्म, ६९ बाख्रा फर्म, १४ वंगुर फर्म र आधा दर्जन भैंसी फर्महरुले सेवा लिँदै आएका थिए ।

पर्वतमा इकाई कार्यालय संचालनमा आएदेखी नै चिकित्सक तथा विज्ञ नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । कार्यालय सञ्चालन भएको केही साता भेटनरी तथा पशु विज्ञ केन्द्र बागलुङले प्राविधिक खटाएको भएपनि चालु वर्षमा सम्पर्क एकाई कर्मचारीविहिन भएको हो । तत्कालिन संरचनामा रहेको पशु सेवा कार्यालयको सेवा क्षेत्रविहिन रहेको छ ।

विगतमा एक वरिष्ठ पशु चिकित्सक, दुई पशु चिकित्सक, योजना अधिकृत, ईकाईप्रमुख गरि तिन दर्जन कर्मचारी रहने कायालय अहिले कार्यालय सहयोगीको भरमा सिमित भएको छ। जिल्लाका ७ स्थानीय तहमा पनि पशु चिकित्सक छैनन् । पर्वत जिल्ला पशुपालनको पकेट जिल्ला हो । पशु सेवा कार्यालय खारेज भएपछि पशुपालक कृषकहरु सरकारी अनुदान, परामर्श र उपचार सेवाबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्