२३ भाद्र २०८३, मंगलवार

 

भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई विदेश यात्रामा रोक

भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई विदेश यात्रामा रोक लगाउदैं सिबिआईले भारतको प्रवर्तन निर्देशलाय (ईडी) समक्ष आईएनएक्स मीडिया मामलामा पूर्वअर्थमन्त्री पी चिदम्बरलाई सुपुर्दगी गर्नेगरी नयाँ सूचना जारी गरेको छ । वर्तमान सरकारले पूर्व अर्थमन्त्री चिदम्बरमविरुद्ध सिबिआईमार्फत पक्राउ गर्न प्रक्रिया अगाडी बढाएको छ ।

ईडीका अनुसार पी चिदम्बरम सडक, जलमार्ग वा हवाई मार्गबाट विदेश जानसक्ने सम्भावनालाई मध्यनजर गर्दैं सुपुर्दगी गर्नेसम्मको निर्देशन गरेको छ । मंगलबार राती दिल्लीस्थित उनको निवासमा पुगेकाे प्रहरी टाेलीले २ घण्टाभित्र प्रहरी सामु उपस्थित हुन नाेटिस टाँसेर फर्किएको थियो । त्यसले गर्दा उनलाई प्रहरीले जतिवबेला पनि गिरफ्तारी गर्न सक्ने सम्भावना बढेर गएको छ ।

कांग्रेसका नेतासमेत रहेका चिदम्बरम भाजपा सरकारका कटु आलोचकसमेत हुन । त्यसैको प्रतिशोधमा सरकारले उनलाई सिबिआईमार्फत वारेन्ट जारी गरेर पक्राउ गर्न लागि परेको छ । आफुलाई विना कारण पक्राउ गर्न लागिएको भन्दै उनी सुप्रीम कोर्ट पुगेको भएपनि अन्तत: कोर्टले उनको रिट खारेज गरिदिएको छ । त्यसले गर्दा उनी कुनैपनि बेला पक्राउ पर्ने सम्भावना बढेर गएको छ । ईडीको अनुमतिविना उनलाई विदेश जान रोक लगाईएको छ ।

आईएनएक्स मिडिया प्रकरण जाँच गर्न उनको उपस्थिति आवश्यक छ । आईएनएक्स उनकै छोराले संचालन गरेको कम्पनी भएकाले छोरालाई समेत पक्राउ गरी धरौटीमा रिहा गरिएको छ । आईएनएक्स मिडिया मामलामा सीबीआईले २ वर्ष पहिले केश दर्ता गरेको थियो । मक्पनीमा विदेशी पूजी निवेश गर्ने मन्जुरी दिएको सम्बन्धमा उनलाई दोषी मानेर सिबिआईले चिदम्बरमलाई अनुसन्धान गरिरहेको छ । तर कांग्रेस नेतृत्वले चिदम्वरमविरुद्धको केशलाई राजनीतिक प्रतिशोधको सवाल भनेर प्रतिवाद गरिरहेको छ । नेता राहुल गान्धी र महासचिव प्रियंका गान्धीले चिदम्बरमका विरुद्ध सरकारको लज्जास्पद कार्यको हामी घृणा गर्छाैं भन्ने अभिव्यक्ति नै सार्वजनिक गरेका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung