आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्य मनोज विकका पिता चूडामणि विकको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । काठेखोला गाउँपालिका–३ धम्जाका विकको ८३ वर्षको उमेरमा भदौ ९ गते निधन भएको थियो ।
सहकारीले आइतबार धम्जामै पुगेर श्रद्धाञ्जलीसभा सम्पन्न गरेको हो । संस्थाले सेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने राहत रकम पनि हस्तान्तरण गरेको छ ।
संस्थाका पूर्वअध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, पूर्वसचिव प्रेम लामिछाने र सह–सम्पादक सुवास गौतमले स्वर्गीय विकका भाइ सुतलाललाई रू. ५ हजार हस्तान्तरण गरे ।
श्रद्धाञ्जलीसभामा गाउँपालिका अध्यक्ष थापाले आदर्श सञ्चार सहकारी सेयर सदस्यको सुखदुःखमा साथ रहेको बताए ।



















































































































































































































