८ कार्तिक २०८३, शनिबार

 

एमके सहकारीको १३ औं साधारणसभा

नियमित बचत सहयोग र सहभागिता भन्ने मूल नारासाथ एमके बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा अध्यक्ष जनकराज गौतमले विपन्न सेयर सदस्यको उत्थान गर्ने उद्देश्यले ७५ हजार सेयर पुँजीबाट सुरुआत गरेको सहकारीले हाल ७६ लाख ४० हजार सेयर पुँजी र १ सय २५ जना सेयर सदस्य पुर्‍याएको जानकारी गराए ।

सरकारले सहकारीलाई व्यवस्थित गर्न ल्याएको नयाँ नियम आत्मसात् गरी त्यसलाई पालना गरेर जाने प्रतिबद्धता साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारणसभामा हितनाथ शर्मा, सहकारीका सल्लाहकार डा. सुदर्शन सिलवाल, अधिवक्ता हरिप्रसाद शर्मा, मुरारिदत्त शर्मा, भैरवनाथ शर्मा, मुकुन्दप्रसाद उपाध्याय, खिमबहादुर केसी, कृष्णबहादुर खत्री, एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारीलगायतले सहकारीलाई सहकारीको भावनाअनुसार चलाउन सकेको खण्डमा मात्र विपन्न वर्गको जीवनस्तर माथि उठाउन सकिने धारणा व्यक्त गरे ।

साधारणसभामा कक्षा १२ उत्तीर्ण गर्न सफल विद्यार्थी मनीष पौडेललाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । साधारणसभाको अध्यक्षता एमके सहकारी संस्थाका अध्यक्ष जनकराज गौतम, स्वागत मन्तव्य उपाध्यक्ष शारदानाथ शर्मा र सञ्चालन सहकारीका सचिव होमनाथ गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung