
विश्वविख्यात आँखा सर्जन डा.सन्दुक रूइतको जीवनी नेपाली भाषामा प्रकाशित हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले रुइतको बारेमा लेखेको किताब ‘सन्दुक रूइत’ को नेपाली अनुवाद असोज ११ गते सार्वजनिक हुने बताइएको छ। उक्त किताबलाई खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका छन्।
उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो। उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो।
डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा रहेको प्रकाशकले जनाएको छ।
संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा यस पुस्तकमा समेटिएको प्रकाशको दावी छ।