४ जेष्ठ २०८१, शुक्रबार

 

मल्ममा तिहारे मेलाको तयारी तीव्र

गलकोट नगरपालिका–७ मल्मले परम्परागत तिहारे मेलाको तयारी तीव्र पारेको छ । कात्तिक ६ देखि ९ गतेसम्म विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसहित सातौं तिहारे मेला तथा संस्थाको पाँचौं वार्षिकोत्सव आयोजना गरिएको जनहित कला केन्द्र मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।

मेलामा २५ हजार रुपैयाँ पुरस्कारको साबिक वडास्तरीय पुरुष खुला भलिबल प्रतियोगिता, खुला साविकको वडा स्तरीय पुरुष रस्साकसी प्रतियोगिता, तिहारे भाइमाला उन्ने प्रतियोगिता, खुला एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

मेलामा राष्ट्रिय स्तरका लोक–दोहोरी गायक विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, कर्ण परियार, ईश्वर सिंह, राम खत्री, कुलवीर थापाको सांगीतिक प्रस्तुति रहने बताइएको छ ।मेला अवधिर स्थानीय कलासंस्कृति झल्कने नौमती बाजा, सोरठी, देउसीभैलो प्रस्तुत गरिनेछ । मेला केन्द्रको प्रांगण मल्म, गैराखर्कमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्