४ जेष्ठ २०८१, शुक्रबार

 

कालिकादेखि भकुन्डेसम्म म्याराथन

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यसलाई सफल पार्न स्थानीय स्तरमा पनि अभियान थालिँदै छन् ।

पर्यटनवर्षको पूर्वसन्ध्यामा बागलुङ भगवती मन्दिरदेखि बराहताल, भकुन्डेसम्म म्याराथन प्रतियोगिता आयोजना गरिएको छ ।

बिहीबार आयोजित प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए ।

भकुन्डेकाे बराह ताललाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार–प्रचार गर्ने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्