२० बैशाख २०८१, बिहीबार

 

गिजुभाईका दुई पुस्तक नेपालीमा

भारतीय शिक्षाविद् गिजुभाईका दुईवटा पुस्तकको नेपाली अनुवाद प्रकाशित भएको । आमाबाबु र अभिभावकले बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा केन्द्रीत रहेका दुई पुस्तक प्रकाशित भएको हो ।

‘आमाबाबुको भूमिका’ र ‘आमाबाबुका प्रश्न’ नामक दुई पुस्तकको नेपाली अनुवाद पत्रकार एवं लेखक कृष्ण गिरी र घनेन्द्र ओझाले गरेका हुन् ।

पहिलो पुस्तक गिरीले र दोस्रो ओझाले गरेकाे नेपाली भावानुवादलाई इन्डिकगो इन्कले प्रकाशन गरेको हो । इन्डिगो इन्कले यसअघि गिजुभाईका बालबालिकासँग सम्बन्धीत आधा दर्जन पुस्तक प्रकाशित गरिसकेको छ ।

दुवै पुस्तकको मूल्य समान २ सय ४९ रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्