६ जेष्ठ २०८१, आईतवार

 

सावित्राको नाममा ३७ गोलको कीर्तिमान

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तर्गत बिहिबार माल्दिभ्सविरुद्ध पहिलो हाफमै दुई गोल गरेकी भण्डारीले आफ्नो नाममा ३७ गोल पुर्याएकी छिन् ।

यअसघि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पूर्व कप्तान अनु लामाको नाममा थियो। लामाले नेपालका लागि ३५ गोल गरेकी छन् । यसअघि किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपको फाइनलमा २ गोल गर्दै सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानमा बराबरी गरेकी थिइन् ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई भारतले ५–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्