२१ बैशाख २०८१, शुक्रबार

 

हिउँले ढाकियाे ढोरपाटन

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन हिउँले सेताम्मे भएको छ । देशभरको मौसम बदलीसँगै भएको हिमपातले ढोरपाटन उपत्यका हिउँले ढाकिएको हो ।

हिमपातसँगै बागलुङको बुर्तिबाङ, निसी क्षेत्रमा चिसो बढेको छ ।

अहिले ढोरपाटन, तमानखोला, निसीखोला, ताराखोला, बिहुँलगायत स्थानमा हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्