लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा बुधबार विज्ञापन खोल्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको नियमित कार्यतालिका बमोजिम विज्ञापन खोल्न लागिएको हो।
संघमा दरबन्दी रहने गरी नासुतर्फ प्राविधिक र अप्राविधिक सेवामा विज्ञापन गर्न लागिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
‘न्याय, प्रशासनसहित नौ सेवा समूहका लागि विज्ञापन गर्न लागिएको हो,’ सुवेदीले भने। कर्मचारी समायोजन भए पनि संघमा एक हजार हाराहारी दरवन्दी रिक्त छ।
‘सबैभन्दा धेरै न्याय सेवाका लागि विज्ञापन खुल्छ,’ सुवेदीले भने । कार्यालय, मन्त्रालय, आयोगहरूले रिक्त पदबारे मन्त्रालयलाई जानकारी गराइसकेका छन् ।













































































































































































































