३० बैशाख २०८२, मंगलवार

 

कोरोना पत्ता लगाउन कुकुरलाई तालिम

बेलायतमा कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोना भाइरस सक्रमण पत्ता लगाउन परीक्षण सुरु भएको छ । मेडिकल डिटेक्शन डग्स नामक संस्थाले डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर कुकुरलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।

मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिएको थियो।कोरोना संक्रमित बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउन यो उपाय गरेको हो ।

यस अधि कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ।यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ।

तस्वीर : बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung