३० बैशाख २०८२, मंगलवार

 

मास्क बाड्यो नेपाल चेम्बर अफ कमर्सले

बागलुङ  : नेपाल चेम्बर अफ कमर्स बागलुङले जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई मास्क वितरण गरेको छ ।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको जोखिम संग बचेर काम गर्न सहज बनाउन बागलुङ सदरमुकाममा मास्क बितरण गरिएको हो ।

अहिले बजारमा मास्क किन्न समेत नपाइरहेको समयमा नेपाल चेम्बर अफ कमर्स बागलुङ शाखाले जिल्ला प्रहरी कार्यालय बागलुङमा एक कार्यक्रम गरि मास्क वितरण गरिएके थियो । जिल्ला प्रहरी कार्यलय लाई १ सय थान ,नेपाली सेना को २३ नम्वर वाहिनीलाई १ सय थान , बागलुङ नगरपालिका स्वास्थ्य शाखालाई १ सय थान र सशस्त्र प्रहरीलाई ५० थान र नेपाल पत्रकार महासंघ लाई २५ थान वितरण गरिएको थियो ।

कोरोना भाइरस को समयमा पनि दिनरात जोखिम मोलेर काम गर्ने नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना बागलुङ नगरपालिकास्वास्थ्या शाखा र नेपाल पत्रकार महासंघ लाई चेम्बर अफ कमर्सका सचिव तेजवहादुर कुबँर सन्तोषले सो मास्क बितरण गर्नु भएको थियो ।अहिले बितरण गरिएको मास्कले कोरोना भाइरस बाट जोगिन थोरै भए पनि सघाउ र्पुयाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले बताउनु भयो ।

बागलुङ नगरपालिका संग भएको मास्क हस्पिटल लगायतका क्षेत्रमा बितरण गरेर सकिएको बेला चेम्बरले जुन मास्क दिएको छ यो ठूलो दान भएको बागलुङ नगरपालिका स्वास्थ प्रमुख रामप्रसाद खनालले बताउनु भयो । अहिले कोरोना्रको समयमा काम गर्न सहज होस भनेर नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र त्रकार लाई मास्क प्रदान गरेको आगामि दिनमा फेरि बितरण गर्ने योजना रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष द्धोर्ण कुवरे वताउनु भयो ।

अहिले देश पुरै लकडाउन भएपछि २४ सै घण्टा सेवा र आफ्नो संचार कर्ममा काम गर्ने प्रहरी सशस्त्र प्रहरी नगरपालिकाका स्वास्थ कर्मचारी पत्रकारले मास्कको अभावमा जोखिम मोलेर काम गरिरहेकोले चेम्बरले थोरै भएपनि राहत दिने उदेश्यले माक्स वितरण गरेको अध्यक्ष कुवरले वताउनु भयो । जिल्लाको गलकोट वुर्तिवाङ लगाएतका क्षेत्रका प्रहरी चौकी,स्वास्थ्यचौकीमा समेत करिव ६ सय माक्स वितरण गरिने वताउनु भयो ।

जिल्लामा कोरोना बिरूद्व लड्ने ठूलो ठूलो कुरा भएपनि सामान्य रूपमा मुखमा लगाउने मास्कको समेत ब्यबस्थापन नहुदा जोखिम रहेको छ ।अहिले जिल्लामा पठाएको मास्क नेपाल चेम्बर अफ कमर्स अफ आफैले केन्द्रमा उत्पादन गरेर पठाएको हो ।चेम्वरले बागलुङलाई ११ सय थान र म्याग्दी लाई ९ सय थान माक्स उत्पादन गरी पठाएको थियो ।

यस्तै सोमवार बागलुङका डेरी पलस अस्थाई प्रहरी चौकी कुडुलेका इन्चार्ज कमल बस्याल लाई १५ थान माक्स हस्तान्त्रण गरिएको सचिव कुवरले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung