३० बैशाख २०८२, मंगलवार

 

बेल्जियमबाट आएकी संक्रमित युवतीको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित बागलुङकी १९ बर्षिय युवतीको परिवारको ५ सदसलाई कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।मंगलबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा परिवारका ५ सदस्यको बुधबार र बिहिबार विहान नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।

बागलुडल नगरपालिका वडा नं ४ कुँडुले छाप गाउँ घर भएकी युवती, उनका परिवार र उनीसँगै यात्रा गरेका ११ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो ।

परीक्षणका लागि पठाइएको मध्ये बुधबार र विहिबार विहानसम्म बुवा, हजुरबुबा, फुपु र फुपुका छोरीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र बि क पोखरेलले जानकारी दिनुभयो ।उनका अनुसार अन्य ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

अब संक्रमित युवतीसँगै उनकी हजुरआमा, बेल्जियमबाट सँगै आएकी बानपा–४ की एक महिला र उनलाई लिन काठमाडौं गएका एक पुरुष सहित कतारबाट सोहि विमानमा आएका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका एक युवाको रिपोर्ट बेलुकासम्म आइपुग्ने निमित्त मेडिकल सुपरिटेण्डन डा वि क पोखरेलले बताउनुभयो ।

संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको छ । संक्रमित किशोरीको स्वास्थ्यमा धेरै सुधार भएको छ ।

गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएका थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भए पछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका किशोरीलाई पनि सामान्य ज्वरो देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung