
बुधबार एकै दिन बारा र वीरगन्जमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जना बारा र एक जना वीरगन्जको व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
तीनै जना यसअघि वीरगन्ज१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। अहिलेसम्म संक्रमितको संख्या ५७ जना पुगेको छ। यीमध्ये १६ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल देशभरि आइसोलेसनमा ८७ जना रहेका छन् । तीमध्ये काठमाडौँमा ४ र बाहिर ८३ जना छन् । देशभर २२ हजार ९०१ जना क्वारेन्टाइनमा छन् ।