२९ बैशाख २०८२, सोमबार

 

कपिलवस्तुमा एकै दिन १० जनामा कोरोना, संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप संक्रमितमा यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० नम्बर वडाका छन् ।

उनीहरू १८, १९, २०, २४, ३०, ३१ र ३४ वर्षका पुरुष हुन् । एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । यसअघि कपिलवस्तुमा पाँच जना कोरोना पुष्टि भइसकेको छ।

सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । जसमा ३३ जना निको भइसकेका छन् । हालसम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा र १३५ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung