६ जेष्ठ २०८१, आईतवार

 

लोकसेवाले रोकिएको अन्तर्वार्ता थाल्ने

लोकसेवा आयोगले कर्मचारीको अन्तर्वार्ता अगाडि बढाउने भएको छ। शनिबा्र सूचना जारी गर्दै लोकसेवाले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका लागि दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन हुने जानकारी गराएको हो ।

चैत १२ गतेका लागि तोकिएको अन्तर्वार्ता लकडाउनका कारण स्थागित भएको थियो। ‘१२ गतेदेखि नै सुरु हुनुपर्नेमा लकडाउनका कारण रोकिएको थियो।त्यही परीक्षा कार्यक्रम अगाडि बढाइएको हो,’ आयोगका उपसचिव सन्तोषप्रसाद दाहालले भने ।

सूचनाअनुसार यस चरणमा सहभागी हुने उम्मेदवार काठमाडौं उपत्यकाबाहिर रहेको अथवा लकडाउनको अवधिमा बाहिर गएर आएका छन् भने उनीहरूले अन्तर्वार्ताअगाडि पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि कोरोना निरोगिताको पुष्टि हुने रिपोर्ट पेस गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्