नबिल बैंकले ग्राहकलाई घरैमा बसेर खाता खोल्ने सुविधा उपलब्ध गराएको छ। बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने गरी ‘नबिल जेन–एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यसमा आकर्षक ब्याज उपलब्ध हुनेछ। यसमा मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट–क्रेडिट कार्डका साथै एनटीसी–एनसेलको टुजी डाटा प्याक निःशुल्क जारी गरिएको छ।
घातक रोगहरूको प्रभाव बढ्दो क्रममा रहेकामा तिनको उपचारार्थ ग्राहकलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यसाथ बचतकर्ताको सुरक्षणसहित १३ प्राणघातक रोग तथा दुर्घटना बिमा सुविधासमेत प्रदान गरिने बैंकले जनाएको छ। ‘नबिल जेन–एन एकाउन्ट नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको हो,’ बैंकको विज्ञप्तिमा उल्लेख छ ।







































































































































































































