३ श्रावण २०८३, आईतवार

 

नेसनल लाइफले साढे १७ प्रतिशत लाभांशा बाँड्ने

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले साढे १७ प्रतिशत लाभांश बाँड्ने भएको छ ।कम्पनीको साउन ३० गते बसेको सञ्चालक समिति बैठकले २०७५,०७६ को एनएफआरएसमा तयार गरेको वित्तीय विवरण बिमा समितिले पारित गरे १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय लिएको हो ।

कम्पनीको ३ अर्ब ८ करोड २६ लाखको चुक्ता पुँजीका आधारमा उक्त लाभांश दिन लागिएको हो । कम्पनीले प्रस्तावित बोनसमा लाग्ने करका लागि नगद लाभांशबाट ० दशमलव १३ प्रतिशत समायोजन गर्ने जनाएको छ।

कम्पनीले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार ३९ करोड १२ लाख २९ हजार नाफा गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३३ करोड ६३ लाख नाफा कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung