६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ नगरपालिकामा भदौ १० सम्म लकडाउन

बागलुङ नगरपालिकाले भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना देखिन थालेको भन्दै नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा मंगलबार बिहान बसेको विपद् व्यवस्थापन समिति बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गरेको हो ।

बैठकले लकडाउनको निर्णय स्वीकृत गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । बागलुङ बजारमा व्यवसायीहरुलाई समेत संक्रमण देखिन थालेपछि १० गतेसम्म लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाको कार्यालयबाट समेत अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको उनको भनाइ छ ।

गाउँबाट आउने सवारीसाधनलाई पनि अत्यावश्यक कामबाहेक नगरपालिका प्रवेशमा रोक लगाउने निर्णय भएको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्