६ जेष्ठ २०८१, आईतवार

 

कोरोनाले थप पाँचको मृत्यु, मृतकको संख्या १ सय १३ पुग्यो

कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका एक–एक जना छन् ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए ।

ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आईसीयूमा भर्ना गरिएको थियो । यसै गरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनी ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए ।

ती पुरुष सुगर र मिर्गौला रोगी थिए । यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँकी ५० वर्षीय महिलाको गएराति मृत्यु भएको छ । मृतक महिलामा सुगर, मुटुको समस्या थियो ।

यसैबीच नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्