५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि अस्पतालका ५५ स्वास्थ्यकर्मी र कर्मचारीले तलब पाएनन्

धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ५५ जनाले जेठयताको तलब पाउन सकेका छैनन् । अस्पताल प्रशासनले तलब निकासा हुने बेला सबै कर्मचारीको विवरण प्रदेशको सामाजिक विकास मन्त्रालयमा नपठाउँदा यस्तो अवस्था आएको हो ।

मन्त्रालयले तलब शीर्षकमा पठाएको रकम अपुग भएपछि कर्मचारी र स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन नसकिएको अस्पतालका लेखापाल ध्रुव सुवेदीले नयाँ विश्वलाई बताए ।

अस्पतालमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशको सामाजिक मन्त्रालयबाट आएका १८ विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत छन् । जेठ महिनामा १८ र असार–साउन महिनामा ५५ जनाले तलब नपाएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । यसबारे तीन निकायमा पत्राचार गरिसकिएको उनले बताए ।

चाडपर्व नजिकिँदै गरेका बेला जेठ महिनादेखिको तलब नपाउँदा आफूहरू मर्कामा परेको पीडित कर्मचारीले गुनासो पोखे । तलब नपाएको विषयमा हामीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराई सकेको अस्पतालको मेडिकल सुपरिटेन्डन डा शैलेन्द्र वि पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्