
पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लोचोटि मृत्यु हुनेमा चार महिला र बाँकी पुरुष छन् । चार महिला सुनसरी, बारा, महोत्तरी र काठमाडौंका हुन् ।
त्यस्तै, सुनसरी, मोरङ, नवलपरासी, रौतहट, ललितपुर, भक्तपुरका एक–एक र महोत्तरी–रूपन्देहीका दुई–दुई पुरुषले ज्यान गुमाएका छन् ।