२४ भाद्र २०८३, बुधबार

 

हप्तामा दुई दिन सार्वजनिक विदा दिने तयारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ।

त्यस्तै बैठकले पशुपति मन्दिर लुम्बिनी, संग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेश गर्ने निर्णय गरेको छ । बैठकले, बगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाइ सम्झौताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung