५ जेष्ठ २०८१, शनिबार

 

अनशनरत डा केसीको जीवनरक्षा गर्न नागरिक समाजको माग

चिकित्सा शिक्षा सुधारका लागि १९औं पटक अनशनरत डा गोविन्द केसीको जीवनरक्षा गर्न नागरिक समाजका अगुवाहरूले सरकारसँग अपिल गरेका छन् ।

१४ दिनदेखि अनशन बसिरहेका केसीको स्वास्थ्यस्थिति दिनप्रतिदिन गिर्दो अवस्थामा रहेको भन्दै उनीहरूले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

आइतबार विज्ञप्ति निकालेर उनीहरूले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका हुन् । ‘डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवनरक्षा र उहाँले उठाएका माग सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

केसीलाई अनशनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको उनीहरूले अपिलमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले अपिल जारी गर्दै डा केसीको जीवनरक्षाको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्