५ जेष्ठ २०८१, शनिबार

 

२४ घण्टामा थपिए १३५१ संक्रमित, ७४२ जना निको

विगत २४ घण्टामा एक हजार ३ सय ५१ जना कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा एक हजार ३ सय ५१ जनामा कोरोना सक्रमण भएको जानकारी दिए । योसँगै देशभरि कुल सङ्क्रमित ७४ हजार ७ सय ४५ पुगेको छ ।

उनका अनुसार संस्थागत र होम आइसोलेशनमा गरी देशभरि १९,६२४ जना छन् । गत २४ घण्टामा ७४२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हालसम्म निको हुनेको सङ्ख्या ५४,६४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्