२२ बैशाख २०८१, शनिबार

 

२४ घण्टामा थपिए २,२५३ संक्रमित, ७ जनाको मृत्यु

आइतबार नेपालमा थप दुई हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले २ हजार २ सय ५३ जना नयाँ संक्रमित थपिएकाे बताए । योसँगै ८६ हजार ८२३ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ३२९ छ ।

आजको पिसिआर परिक्षण १२ हजार ७८४ रहेको छ । आज २२ हजार २१९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ५९९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २४ हजार ४७, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार ४८७ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २९ हजार ५१७ पुगेको छ । गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्