५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा ३२ जनामा कोरोना संक्रमण

बागलुङमा ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा नेपाली सेना र नेपाल पुलिससहित ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–२ मा रहेका २८ जना नेपाल आर्मी , एक जना नेपाल पुलिस र काठेखेलाका ३ जनासहित ३२ जनालाई कोरोना संक्रमण भएको हो । यस अगाडी बागलुङमा कार्यरत नेपाली आर्मीका १८ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

संक्रमित काठेखोला गाउँपालिकाका ३ जना भारतबाट गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा बसेको थिए ।

यस्तै संक्रमित प्रहरी सरुवा भएर जानको लागि परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । संक्रमित प्रहरी कार्यालयमै कार्यरत रहेको र अहिलेसम्म कुनै लक्षण देखा नपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्