५ जेष्ठ २०८१, शनिबार

 

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

प्रभु बैंकले पोखराको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कलेज परिसरमा रहेको काउन्टरको उद्घाटन गण्डकी मेडिकल कलेजका प्राध्यापक डा. रवीन्द्र श्रेष्ठले गरेका छन् ।

उक्त काउन्टर बिहान ८ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । काउन्टरबाट त्यहाँ उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यका लागि आउनेहरूले लाभ लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

कलेजमा बुझाउनुपर्ने शुल्क काउन्टरमा बुझाउन सकिनेछ । बैंकका देशभर २०८ शाखा, १९२ वटा एटीएम र ५३ वटा एक्स्टेन्सन काउन्टर छन् । बैंकका १७ वटा शाखारहित बैंकिङ एकाइ पनि छन् ।

 

प्रतिक्रिया दिनुहोस्