६ जेष्ठ २०८१, आईतवार

 

जनकको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियोसहित)

लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशालाई प्रस्तुत गरिएको छ भने सोही बालबालिकाको युवाअवस्थाको प्रस्तुतीमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।

भिडियाे हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्