४ जेष्ठ २०८२, आईतवार

 

स्वास्थ्यमा समस्यापछि कोरोना संक्रमित महिलालाई हेलिकोप्टरबाट उद्धार

धौलागिरि अस्पताल उपचाररत कोरोना सक्रमित महिलालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौं लगिएको छ । बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई स्वास प्रस्वासमा समस्या देखिएपछि काठमाण्डौं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले नयाँ विश्वलाई बताए ।

उनको शुक्रबार कोरोना रिर्पोट पोजेटिभ आएको थियो । संक्रमित महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको हेम्स अस्पताल लगिएको धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेडन डा शैलेन्द्र वि पोख्रेलले जानकारी दिए ।

तस्वीर : सुवाश गौतम

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung