४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरमा एक सातादेखिको निषेधाज्ञा हटाइयो, बागलुङमा संक्रमितको संख्या ७ सय २६ पुग्यो, निको हुने ६ सय ७ जना

कोरोना संक्रमणका कारण बागलुङ नगर क्षेत्रमा एक साताका लागि लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना जारी गर्दै आज राति १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बागलुङ नगर क्षेत्रमा कोरोना संक्रमण फैलिएपछि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले १७ गते राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेको थियो ।

बैठकले अरू प्रतिबन्धको व्यवस्था भने कायम नै गरेको छ । पार्टी प्यालेस, फिल्म हल, विद्यालय, क्याम्पस, फुटसल, सभा, गोष्ठी, सेमिनारलगायत धेरै भिडभाड हुने गतिविधिमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका जनाएको छ ।

समितिले समुदायका केही व्यक्तिमा कोरोना देखिएकाले अत्यावश्यक सेवाबाहेक अरू बन्द गरिने जनाउँदै अत्यावश्यक काम नपरी घरबाट ननिस्कन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।बागलुङ–बजारका व्यवसायी, पत्रकार, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थीसम्म संक्रमण पुष्टि भएपछि समुदायमै फैलिएको आशंकामा कार्तिक १७ गते निषेधाज्ञा लागू गरिएको थियो ।

अहिले धौलागिरि अस्पतालको आइसोलेसनमा महिला ८ र ६ पुरुष गरी १४ जना उपचाररत छन् । यसै गरी बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २६ जना पुगेको छ ।

तीमध्ये ६ सय ७ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय १४ जना,निको हुनेको संख्या २ सय ३४ जना र मृतकको संख्या ४ जना पुगेको नगर स्वास्थ्यप्रमुख राम प्रसाद खनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung