बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । थपिएका संक्रमितमा बागलुङ नगरपालिका– ४ का ४० वर्षीया र ७४ वर्षीया महिला, वडा नम्बर ३ का ४३ वर्षीय पुरुष, वडा नम्बर १ का ५७ वर्षीय पुरुष र वडा नम्बर २ का ५५ र ३३ वर्षीय पुरुष छन् । तिनमा एक जना कानुन व्यवसायी र एक जना सुरक्षाकर्मी रहेको फोकल पर्सन घिमिरेले बताए ।



















































































































































































